प्रधानमन्त्री ओलीद्धारा सर्जिकल भवनको शिलान्यास 

समाज फागुन २५ २०७४ ekhabarnepal
Bir silanyas 2ceolour9s

 

काठमाडौं फागुन २५,
प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा बन्न लागेकोे सर्जिकल भवनको शिलान्यास गरेका छन् । देशकै जेठो वीर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउँने योजना अनुसार निर्माण हुन लागेको नयाँ भवनको शुक्रबार शिलान्यास भएको हो । 
२ अर्ब ३४ लाख ७२ हजार ९ सय ९५ रुपैयाँ लागतमा निर्माण शुरुभएको अस्पताल भवनको तीन वर्षभित्रमा निर्माण गर्ने योजना छ । अस्पतालको आकस्मिक कक्षअगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा भवन बनाउन लागिएको हाृ । 
भवनमा ६ सय ५० शैया हुने र दुई तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने छ । उक्त कम्प्लेक्समा १५ वटा मेजर शैल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन् । यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यानलगायतका सेवा समेत हुनेछन्।

प्राप्त प्रतिकृयाहरू

To Top