एमाले शाखा कमिटी बुटवल– १३मा नयाँ नेतृत्व

समाज फागुन २४ २०७४ .
28616800 941536482686283 1901169583022131764 o

 

उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह
बुटवल, फागुन २४ । नेकपा एमाले बुटवल– १३ नं. वडा शाखा कमिटीको चौंधौं अधिवेशन बिहीबार बेलबासमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै एमाले नेताहरुले अबको समय समृद्धिका लागि भएकाले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरेका थिए ।
नेताहरु जिल्ला अध्यक्ष शिवराज सुवेदी, प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, उपाध्यक्ष पुरुषोत्तम घिमिरे, केन्द्रीय प्रचार विभाग सदस्य डीआर घिमिरे, जिल्ला प्रचार विभागका प्रमुख तेजेन्द्र केसी, नगर संगठन कमिटीका संयोजक ऋषिराम पाण्डे, जिल्ला कमिटीका सदस्यहरु युवराज घिमिरे, बाबुराम पन्थी, यज्ञमुर्ती भण्डारी, नगर संगठन कमिटीका सचिव राजेन्द्र ढकाल, खेलकुद विकास समितिका अध्यक्ष योग गुरुङलगायतले बोल्दै समाज रुपान्तरणको अभियानमा केन्द्रित हुन आग्रह गरेका थिए । 
नेताहरुले आर्थिक समृद्धि नै मुलुकको एक मात्र लक्ष्य रहेको भन्दै अब समय खेर फालेर नभई कुनै न कुनै उत्पादनमूलक क्षेत्रमा केन्द्रित भएर लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिए । 
अधिवेशनले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको छ । शाखा कमिटीको अध्यक्षमा शोभाखर पोखरेल, उपाध्यक्षमा झविन्द्र थापा‘ध्रूव’, सचिवमा दीपक पन्थी र सह–सचिवमा रीता घिमिरे सर्वसम्मत भएका छन् । 
यस्तै शाखा कमिटीका सदस्यहरुमा टेकमान गुरुङ ‘हिता’, सूर्य सुवेदी, रमेश क्षेत्री, जमुना सुवेदी, शान्ता घिमिरे, रामप्रसाद भुसाल, गोपिराम पुन, मनि थापा, विष्णु गौडेल सर्वसम्मत रुपमा चयन भएको नगर संगठन कमिटीका सचिव राजेन्द्र ढकालले जानकारी दिए ।
यसअघि अधिवेशनको उद्घाटन शत्र शाखा कमिटीका अध्यक्ष विष्णुकुमारी शर्माको अध्यक्षता, शेरजंग गुरुङको सञ्चालन र सह–सचिव नवल गुरुङको स्वागतमा सम्पन्न भएको थियो ।  

प्राप्त प्रतिकृयाहरू

To Top