सुरुवातमै दुवै अाेपनर आउट भएपछि नेपाललाई लाग्यो झट्का  

खेल फागुन २४ २०७४ ekhabarnepal
Sss

 फागुन २४,  

जिम्बाबेमा जारी विश्वकप छनोट क्रिकेट अन्तरगत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले खराब सुरुअात गरेको छ ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको नेपालले चाैंथाे अाेभर खेलिरहँदा दुवै अाेपनरलार्इ गुमाएको छ ।

स्कटल्यान्डका बलर साफियान सरिफले आफ्नो पहिलो बलमै ज्ञानेन्द्रलाई शिकार बनाएका हुन् । केही समययता आउट अफ फर्म रहेका ज्ञानेन्द्र १ रनमा बोल्ड भए ।

स्कटल्याण्डका बलर ह्वीटिङगमले अर्का अोपनर दिलिपनाथलार्इ एलबीडब्लुको धरापमा पारे ।

अहिले क्रिजमा कप्तान पारस खड्का आएका छन् र उनलाई दिपेन्द्रसिंह एेरीले साथ दिइरहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top