बुधबारबाट सुरु हुदैछ महिला टि-ट्वान्टी क्रिकेट

खेल फागुन २१ २०७४ ekhabarnepal
1545428643wo

 

काठमाडौं फाल्गुन २१ ,
चितवनमा महिला टि -ट्वान्टी क्रिकेट लिग बुधबारबाट सुरु हुने भएको छ । आयोजक राईजीङ क्रिकेट अफ वुमन्सले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता बुधबारबाट सुरु हुने जानकारी दिएको हो ।

चितवन रत्ननगरस्थित नेपाल माबिको मैदानमा हुने प्रतियोगितामा ४ टोलीको सहभागिता रहेको  राईजीङ क्रिकेटकी अध्यक्ष आरती बिडारीले जानकारी दिईन् । चारदिनसम्म चल्ने प्रतियोगिता लिगको आधारमा हुनेछ ।

लिग पछि शिर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा आयोजक राईजीङ क्रिकेट अफ वुमन्स, सशत्र प्रहरीको एपीएफ क्लब, मिलान क्रिकेट एकेडमी र भारतको अल इण्डिया टि – ट्वान्टी क्रिकेट एसोसियसनको सहभागिता  रहेको अध्यक्ष बिडारीले जानकारी गराईन्  ।

आईएमईको सहप्रायोजनमा हुने प्रतियोगिताको बिजेताले ट्रफीसहित  ५० हजार प्राप्त गर्ने छन् । उपविजेताले ट्रफी र प्रमाणपत्र पाउने छन् ।  प्रतियोगितामा व्यक्तिगत विधामा उत्कृष्ट हुनेले क्रिकेट खेलसम्बधि गिफ्ट प्राप्त गर्ने छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top