बसन्त रेग्मीले दिलाए जिम्बाबेविरुद्ध नेपाललाई तेस्रो सफलता 

खेल फागुन २० २०७४ ekhabarnepal
Cricket division 2 nepal 1

 


काठमाडौं । आइसीसी विश्वकप छनोट क्रिकेटको पहिलो खेलमा नेपालले अहिले आयोजक तथा टेष्ट राष्ट्र जिम्बाबेसँग प्रतिस्पर्धा गरिरहेको छ  ।

बुलावायोस्थित क्विन्स स्पोर्ट्स क्लबको मैदानमा टस जितेर पहिले ब्याटिङ्ग गरिरहेको जिम्बाबेले तेस्रो विकेट गुमाएको छ ।  बसन्त रेग्मीले नेपाललाई तेस्रो सफलता दिलाएका छन् ।

बसन्तले ओपनर सोलोमन मिरेलाई ५२ रनमा आउट गराए ।

यसअघि बसन्तले नै ह्यामिल्टन मसकाज्डालाई १७ रनमा पेभेलियन फर्काएका थिए  ।  तेस्रो विकेट गुमाएसंगै जिम्बाबेले १५  ओभरको समाप्तिमा ३  विकेट गुमाएर ११३ रन बनाएकोछ  ।

यसअघि नेपालका सन्दिप लामिछानेले जिम्बाबेका ओपनर सिपास झुवाओलाई ४१ रनमा आउट गराएका थिए ।

प्राप्त प्रतिकृयाहरू

To Top