भोलि नेपाल जिम्बावेसँगै खेल्दैछ : यसरी गरियो जितको विश्लेषण 

खेल फागुन १९ २०७४ ekhabarnepal
Nepal vs jimbabe

 

काठमाडौं फागुन १९ ,  

एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको पहिलो दिन भोलि नेपालले आयोजक जिम्बावेसँग प्रतिस्पर्धा गर्दैछ। आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा सनसनीपूर्ण गरेको प्रदर्शन र वार्म अप खेलमा युएईलाई हराउनु नेपालको बलियो पक्ष हो। यद्यपी टेस्ट तथा घरेलु टिम जिम्बावेसँग खेल्नु नेपालका लागि कठिन हुने पक्का छ।

आइतबार बुलावायो मैदानमा दिउँसो सवा १ बजेदेखि सुरु हुने खेलमा दुवै टिमका केहि खेलमा सवैको नजर हुनेछ। ती खेलाडीले खेलमा आफ्नो प्रभाव जमाउन सक्नेछन्।

सिकन्दर राजा ब्याटिङ अलराउन्डर–जिम्बावे 
३१ वर्षीय सिकन्दर राजा जिम्बावेका अलराउन्डर हुन्। मध्यक्रमका भरपर्दा ब्याटसम्यान उनले जिम्बावेका लागि ७९ एकदिवसीय खेल खेल्दै २१ सय रन पूरा गरिसकेका छन्। ३ एकदिवसीय शतक प्रहार गरिसकेका उनको स्ट्राइक रेट ८०।९२ र औसत रन स्कोर ३४।१४ रहेको छ। बलिङतर्फ पनि योगदान दिन सक्ने ५३ इनिङ बलिङ गरेर ३८ विकेट लिएका थिए। अफगानिस्तान विरुद्धका पछिल्ला ५ खेल मध्ये दोस्रो खेलमा ९२ रन जोडेका उनले अन्यमा उल्लेख्य रन जोड्न सकेका थिएनन्।

ग्रिम क्रेमर बलर– जिम्बावे 
३१ वर्षीय क्रेमर जिम्बावेका कप्तान तथा भरपर्दा बलर हुन्। स्पिनर क्रेमरसँग घरेलु भूमिको मैदान बारे जानकारी हुनु बलियो पक्ष हो। जिम्बावेको पिचमा स्पिनरलाई फाइदा पुग्ने भएकाले केमरले त्यसको फाइदा उठाउन सक्छन्। केमरले अहिलेसम्म ९० एकदिवसीय खेल खेल्दै १ सय ९ विकेट लिइसकेका छन्। एकदिवसीय खेलमा उनको उत्कृष्ट प्रदर्शन ६ विकेट लिएर ४६ रन दिँनु हो।

पारस खड्का ब्याटिङ अलराउन्डर–नेपाल
कप्तान पारस खड्का नेपालका लागि हरेक खेलमा आशाका केन्द्रविन्दु बन्ने गरेका छन्। ठूला सर्ट प्रहार गर्न माहिर पारस चाहिएको बेला विकेट निकाल्न पनि सक्छन्। ३० वर्षीय पारसले लिस्ट ुएु का २८ खेल खेलिसकेका छन्। जसमा उनले ९ सय ५१ रन बनाउँदा ‍२ शतक र ६ अर्धशतक प्रहार गरिसकेका छन्। यस्तै उनले लिस्ट ुएुमा २३ इनिङमा १७ विकेट लिएका छन्। पछिल्लो पटक परसले यूएई विरुद्ध शतक प्रहार गरेका थिए।

सन्दीप लामिछाने बलर– नेपाल
१७ वर्षीय सन्दीप लामिछानेलाई आइसिसीले विश्वकप छनोटको हेर्न लायक १० स्टार खेलाडीमा राखेको थियो। आइपिएल र सिपिएलमा छनोट हुँदै पछिल्लो एक महिना विश्व क्रिकेटमा तहल्का मच्चाएका सन्दीपको स्पिन आक्रमण जिम्बावेमा प्रभावकारी बन्ने आशा गरिएको छ। दुई साताअघि नामिबियामा भएको आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ मा १७ विकेट लिएका सन्दीप म्याच अफ दि सिरिज बनेका थिए। दुई वर्षअघि नेपाली टिममा डेब्यु गरेका सन्दीपले लिस्ट ुएु का १५ खेल खेल्दै २९ विकेट लिइसकेका छन्।

नेपाली टिम

पारस खड्का कप्तान, ज्ञानेन्द्र मल्ल, शक्तिप्रसाद गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, दिलीप नाथ, ललित भण्डारी, अनिलकुमार साह, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी।

जिम्बावे टिम

ग्रिम क्रेमर कप्तान, टेन्डाइ चातारा, टेन्डाइ चिसोरो, क्रियाग इर्भिन, केल जर्भिस, हामिल्टन मासाकाड्जा, सोलोमन मिरे, पिटर मूर, सिकन्दर राजा, ब्रेन्डर टेलर ९विकेटकिपर०, ब्रियन भिटोरी, म्याकलम बलर, सिन विलियन्स, चेपास जुआओ।

प्राप्त प्रतिकृयाहरू

To Top