यसकारण नआउने भए सलमान खान नेपाल !

मनोरञ्जन फागुन १९ २०७४ ekhabarnepal
Salman

 

 काठमाडौं फागुन १९ ,
बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ । खानको ‘दबंग द टुर’ १० मार्चमा काठमाडौंमा हुने तय भएको थियो विप्लव समूहको चेतावनीलाई कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएपछि आयोजक ओडीसी इन्टरनेसनले ‘दबंग द टुर’ रद्द गरेको छ।

टुँडिखेलमा हुने शोमा अभिनेत्री सानोक्षी सिन्हा, प्रभु देवा, मनिष पल लगायतका कलाकार पनि आउने प्रचार गरिएको थियो ।

विकाशकारी भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्रमा परेको नकारात्मक प्रचार न्यूनिकरण गर्न नेपाल सुरक्षित गन्तव्य भएको सन्देश दिन कार्यक्रम गर्न लागिएको आयोजकको दावी छ ।

प्राप्त प्रतिकृयाहरू

To Top