रेल दुर्घटनामा १० जनाको मृत्यु

विश्व फागुन १७ २०७४ ekhabarnepal
Rail

एजेन्सी , इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा १५ जना घाइते भएका छन् ।

राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा रेल एक आपसमा  ठाेकिएर दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ताले घाइतेको नजिकैकाे अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

To Top