शंकास्पद पदार्थले भरिएको चिठि खोल्दा ११ जना बिरामी

विश्व फागुन १७ २०७४ ekhabarnepal
698c8219e32bfabeb6fe17ffcec5e32bcf3717c3

 

वाशिङ्टन फागुन १७ ,
अमेरिकाको वाशिङ्टनस्थित एक सैन्य अड्डामा बुधबार एक शंकास्पद पदार्थले भरिएको चिठिको खाम खोल्दा ११ जना बिरामी परेका छन् ।एफबीआईले यस मामलाको जाँच शुरु गरेको र यो खाम भर्जिनियाको आलिङ्गटनस्थित ज्वाइन्ट बेस फोर्ट मायर हेन्डरसन हलमा प्राप्त भएको बताइएको छ । उक्त खाम एक गनरी सर्जेन्ट (सातौं बरियताका सैनिक अधिकारी)ले खोलेका थिए ।

एक अधिकारीहरुका अनुसार एनबीसी न्यूजलाई भनेका छन्, ‘खामको सम्पर्कमा आएकाहरुको नाकबाट रगत आयो । हात र अनुहार चिलायो ।’ यो समस्या देखिएपछि सैनिकहरु भेला भएको भवन खालि गराइएको थियो ।सीएनएनको रिपोर्टका अनुसार सो चिठीको परीक्षण गरिएको थियो तर कुनै पनि हानिकारीक पदार्थ फेला परेन । यद्यपि एफबीआईले यसको विस्तृत परीक्षणका लागि क्वान्टिनोस्थित आफ्नो प्रयोगशालामा लगेको छ ।

अधिकारीका अनुसार खाम बाहिर कुनै व्यक्तिको नाम नलेखेर मरीन मुख्यालय बटालियनको ठेगाना लेखिएको थियो । सो चिठीमा आपत्तीजनक शब्द र अभद्र भाषा प्रयोग गरिएको थियो ।मरीनका प्रवक्ता मेजर ब्लाकले भने, ‘पत्र खोल्नासाथ ११ जनाको स्वास्थ्य बिग्रियो । तीनजनालाई थप उपचारका लागि अर्को अस्पताल पठाइएको छ ।’

उनले भनेका छन्, ‘त्यसपछि त्यहाँबाट चिठीलाई हटाइयो र एफबीआई र एनसीआईएस (नेबल क्रिमिनल इन्भेस्टिगेशन सर्भिस)ले संयुक्त जाँच गरिरहेका छन् ।’

प्राप्त प्रतिकृयाहरू

To Top