सिरियाली गृहयुद्धको बिभत्स : राहत लिन गएका महिलाहरुमाथि यौन शोषण

विश्व फागुन १५ २०७४ ekhabarnepal
Syria crisis  696x463

  काठमाडौं  फागुन १५, 

सिरियाली गृहयुद्धको बिभत्स रुप सार्वजनिक भइरहेका बेला राष्ट्रसंघीय उद्दारकर्ताले सहयोग उपलब्ध गराउने क्रममा त्यहाँका महिलाहरुको शारिरिक शोषण गरेको खुलाशा बीबीसीले गरेको छ ।

राष्ट्रसंघ र अन्तराष्ट्रिय सहयोगी संस्थाहरुका तर्फबाट राहत र उद्दार वितरण गर्न गएका पुरुष कामदारले महिलाहरुलाई सहयोग दिएको बदलामा यौन दुब्र्यवहार गरेका हुन् । दक्षिणी सिरियामा यस्तो भइरहेको रिर्पोट आएको बीबीसीले जनाएका हो । तीन बर्षअघि यस्ता घटना भएको विवरण आएपछि त्यस्तो नगर्नका लागि चेतावनी दिइएको थियो ।

अमेरिका र रुसको ‘प्रोक्सी युद्ध’ को शिकार भएको सिरियामा हालसम्ममा चार लाख सिरियाली मारिएको राष्ट्रसंघले जनाएको छ । अमेरिकाले सिरियाली शासक बशर अल–असादलाई सत्ताच्युत गर्नका लागि बिद्रोही शक्तिलाई समर्थन गर्दै आइरहेको छ भने रुसले सिरियाली शासकलाई नै समर्थन गदैै आएको छ ।

राष्ट्रसंघले शनिवार ३० दिनका लागि युद्धबिराम माग गरेकै दिन र त्यसपछि लगातार हिंसात्मक आक्रमण भइरहेका छन् । तीनमा ठूलो संख्यामा बालबालिका मारिएका छन् । गृहयुद्धमा बालबालिकका मारिएको ह्दयबिदारक तस्बीर सार्वजनिक भइरहेका बेला त्यसप्रति अमेरिकालगायत राष्ट्रसंघ र शक्ति राष्ट्रलाई त्यसमा जिम्मेवार ठहर्याउँदै आक्रोस पोख्नेको संख्या हवात्तै बढेको छ ।

मानवीय अपराधको यो नारकीय रुपकै बीचम अपराधको अर्को रुप सार्बजनिक भएको हो । बीबीसीले सहयोगकर्ताहरुलाई उद्धृत गर्दै लेखेको समाचार अनुसार, आफ्नो शारिर बेच्नु पर्ने भएपछि अहिले सिरियाली महिलाहरु राहत लिन जान समेत नमान्ने अवस्था आएको छ ।

‘शारिरिक शोषण यति व्यापक भएको छ कि केही महिला राहत बितरण केन्द्रमा जान समेत मान्दैनन्’ रिर्पोटमा भनिएको छ । यसको जानकारी मानवतावादी संस्थाहरुलाई भएपनि राहत र उद्धारका लागि त्यस्ता ठाउँहरुमा अन्तराष्ट्रिय जनशक्ति पुग्न नसक्ने भएकाले स्थानीय प्रशासन र कामदारको सहयोग लिनुको बिकल्प उनीहरुसँग छैन् ।

प्राप्त प्रतिकृयाहरू

To Top