क्रिकेटको ट्रफीमा नेपाल छनोट : भोलि युएईसँग अभ्यास खेल खेल्दै 

खेल फागुन १४ २०७४ ekhabarnepal
Wc


काठमाडौं फागुन १४, 
 जिम्बाबेमा आयोजना हुने आइसीसी विश्वकप छनोट क्रिकेटको ट्रफी सार्वजनिक भएको छ । मार्च १ बाट सुरु हुने विश्वकप छनोटको ट्रफी आइतबार राति सार्वजनिक गरिएको हो  ।

जिम्बाबेको हरारेमा आयोजित एक बिशेष समारोहका बीच जिम्बाबेका राष्ट्रपति इर्मसन माङ्गाग्वाले ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी सार्वजनिक कार्यक्रममा छनोटमा सहभागी १० राष्ट्रका कप्तानहरुको सहभागिता रहेको थियो । नेपालका कप्तान पारस खड्का ट्रफी सार्वजनिक कार्यक्रममा उपस्थित भएका थिए ।

छनोटमा नेपाल  समूह बी मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बाबेसँगै, अफगानिस्तान, स्कटल्याण्ड र हङकङ जस्ता बलियो टोली रहेका छन् ।नेपालले प्रतियोगिताको सुरुवात गर्नुअघि दुई अभ्यास खेल खेल्दैछ । नेपालले भोलि मंगलबार पहिलो अभ्यास खेल युएईसँग खेल्दैछ । यस्तै नेपालले हङकङसँग मार्च १ मा अभ्यास खेल खेल्नेछ ।

नेपालले मार्च ४ मा जिम्बाबेसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यस्तै नेपालले दोस्रो खेलमा स्कटल्याण्डसँग मार्च ८ मा खेल्नेछ । त्यसपछि नेपालले १० मार्चमा अफगानिस्तान र हङकङसँग मार्च १२ मा खेल्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top