बलिउड अभितेत्री श्रीदेवीको निधन : एकपटक फर्केर सम्झदा

मनोरञ्जन फागुन १३ २०७४ ekhabarnepal
Sridevi obit p3vjnwrkhq

फागुन १३ ,
 अभितेत्री श्रीदेवी अब हामीबीच छैनन् । दुबईमा पारिवारिक वैवाहि समारोहमा सहभागी हुने क्रममा हृदयघातका कारण उनको दुखद निधन भयो ।बलिउडमा पहिलो फिमेल सुपरस्टारका रुपमा उदाएकी श्रीदेवी आफ्नो नृत्य, अभिनय तथा चुलबुलेपनले गर्दा नै छुट्टै पहिचान स्थापित गर्न सफल भइन् । यसै खुबीका कारण उनले सन् २०१२ मा ‘इंग्लिश विंग्लिश’ मार्फत धमाकेदार रुपमा कमब्याक गरिन् । सफलताले सधैँ उनलाई साथ दियो ।

बलिउडमा सधैँ दुई समकालीन फिमेल सुपरस्टारका आपसी विवादका खबर सार्वजनिक भैरहेकै हुन्छ । सन् १९८० को दशकमा श्रीदेवी र जया प्रदाको बीचमा पनि यस्तै हुने गर्दथ्यो । दुवै अभिनेत्री आफ्नो समयका टप अभिनेत्री थिए । यस्तोमा प्रतिस्पर्धाको भावना आउनु त स्वभाविक नै हुन्छ ।
सार्वजनिक रुपमै पनि उनीहरु एक अर्काप्रति टिप्पणी गर्ने गर्थे । त्यसैले उनीहरुबीच त्यति बेला खासै सुमधुर सम्बन्ध नरहेको बताइन्छ । तर चलचित्र ‘मकसद’ को सुटिङको समयमा भएको घटना भने सुन्न लायक रहेको छ ।

सन् १९८४ मा रिलिज भएको यस चलचित्रको लिड रोलमा थिए श्रीदेवी र जया प्रदा । उनीहरुसँगै थिए राजेश खन्ना र जीतेन्द्र । सुटिङ धमाधम चलिरहेको थियो । एक दिन राजेश खन्ना र जीतेन्द्र मिलेर श्रीदेवी र जया प्रदालाई एउटा मेक रुपमा बन्द गरिदिए । सधैँको तिक्तता यस घटनाले मेटाउँछ भन्ने आशाले जीतेन्द्र र राजेशले बाहिरबाट ढोका लगाइदिएका थिए ।
तर जब दुई घण्टापछि ढोका खोलेर हेर्दा भित्रको दृश्य अलग्गै थियो । दुवै जना अलग–अलग कुनामा चुप लागेर बसेका थिए । जीतेन्द्र र राजेशको प्रयास सफल भएन । भनिन्छ चलचित्र ‘नगीना’ का लागि पहिले जया प्रदाको नाम चर्चामा थियो तर पछि श्रीदेवीलाई यसमा अभिनय गराइयो । त्यहीँबाट पनि यी दुई चर्चित अभिनेत्रीबीच तिक्तता आएको हुन सक्ने चलचित्र समीक्षक बताउँछन् । 

प्राप्त प्रतिकृयाहरू

To Top