मेक्सिकोमा शताब्दीयताकै शक्तिशाली भूकम्प भूकम्प

विश्व फागुन ५ २०७४ .
 97873871 b476a939 4a8c 4c5c a413 848e313c951a

 

मेक्सिको 
मेक्सिकोमा ७.१ म्याग्नीच्यूडको भूकम्पले राजधानी मेक्सिको सिटीका दर्जनौं घरहरु ध्वस्त बनाएको छ।
उद्धारकर्ता र स्वयंसेवीहरुले भत्किएका भवनमा च्यापिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्
मध्य मेक्सिकोमा उद्धारकर्ताहरुले विनाशकारी भूकम्पबाट भत्केका भौतिक संरचनाबाट जीवितहरुको खोजी जारी राखेका छन्।

भूकम्पबाट कम्तीमा २२० जना मारिएको बताइएको छ। मृतकहरुमा एउटा विद्यालयका २० जना विद्यार्थी पनि परेका छन् जसको भवन भत्किएको थियो। अरु कैयौं हराइरहेका छन्।

स्वास्थ्यकर्मीहरुले सडकमा अस्थायी उपचार केन्द्र खोलेका छन्।

एउटा टेलिभिजन संबोधनमा मेक्सिकोका राष्ट्रपति एनरिक पेन्या नियटोले भने- उद्धार कार्यका लागि सेना खटाइएको छ। उद्धार रातभर जारी छ। मारिएकामध्ये कैयौं छिमेकी राज्यहरु मोरेलोस र पोएब्लाका हुन्।

भूकम्प ३२ वर्ष अगाडि विनाशकारी भूकम्प आएकै दिन अर्थात सेप्टेम्बर १९ का दिन आएको छ। ३२ वर्ष अघि आएको भूकम्पमा दश हजार जति मानिस मारिएका थिए।

राजधानीका बीस लाख जति मानिसहरुकहाँ बिजुली र टेलिफोन सेवा अवरुद्ध भएको छ। अधिकारीहरुले ग्यासलाइनहरु फुटेको हुनसक्ने भन्दै सडकमा चुरोट नखान सचेत गराएका छन्।

मेक्सिको सिटी संसारमै सबभन्दा संघन जनसंख्या भएको शहर हो जहाँ दुई करोड मानिस बसोबास गर्छन्।

'एक शताब्दीयताकै शक्तिशाली भूकम्प'

भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरुमा सुनामीको चेतावनी दिइएको छ
मेक्सिकोका राष्ट्रपति एनरिके पेनिया नियटोले आफ्नो मुलुकमा गएको भूकम्पलाई एक शताब्दीयताकै शक्तिशाली भूकम्प भनेका छन् ।

भूकम्पका कारण छिमेकी देश ग्वाटेमालामा पनि एक जनाको ज्यान गएको उनले बताए ।

मेक्सिको दक्षिणी तटपारि प्रशान्त महासागरमा ८ दशमलव २ म्याग्निच्युड को शक्तिशाली भूकम्प जाँदा कम्तीमा ६ जनाको ज्यान गएको छ। ८ दशमलव २ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रविन्दु पिजीजीपान शहरभन्दा ८७ किलोमिटर दक्षिण पश्चिमतर्फ रहेको नियटोले जनाए।

युएस जीओलोजिकल सर्भेले भूकम्पको गहिराइ ७० किलोमिटर रहेको जनाएको छ। मेक्सिको सिटीमा भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए
भूकम्प लगत्तै मेक्सिकोका साथै छिमेकी देशहरु ग्वाटेमाला, एल साल्भाडोर, कोस्टरिका, निकारागुवा, पानामा र होन्डुरसमा सुनामीको चेतावनी दिइएको छ।

मेक्सिकोमा तीन मिटरसम्मको अग्लो छाल आउन सक्ने बताइएको छ ।

भूकम्पको धक्का मेक्सिको सिटीमा महसुस गरिएको थियो । त्यहाँ भवनहरु जोडसँग हल्लिएका थिए र मानिसहरु आत्तिदैँ सडकमा आइपुगेका थिए ।

भूकम्पको केन्द्रविन्दुभन्दा १,००० किलोमिटर पर रहेका मेक्सिको सिटीमा एक मिनेटसम्म धक्का महसुस गरिएको थियो ।

मेक्सिकोका लगभग ५ लाख नागरिकहरुले कम्पन महसुस गरेको र मृतकको संख्या बढ्न सक्ने नियटोले बताए। भूकम्पका कारण दक्षिणी मेक्सिको र पश्चिमी ग्वाटेमालामा धेरै क्षति भएको बताइएको छ ।

आपत्काल घोषणा गरिएको चियापस राज्यको तटीय क्षेत्रहरुबाट मानिसहरुलाई स्थानान्तरण गरिएको थियो । यसअघि सन् १९९५ र १९८५ मा मेक्सिकोमा भूकम्प गएका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top