आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को उत्कृष्ट खेलाडी बने सन्दीप लामिछाने

खेल फागुन ४ २०७४ ekhabarnepal
Sandeep lamichhane bowling

काठमाडौ ४ फागुन,
 सन्दीप लामिछाने आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को सर्बोत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका १७ वर्षीय सन्दीप उत्कृष्ट खेलाडी चुनिएका हुन् ।
नेपालको हरेक खेलमा विकेट लिएका सन्दीपले केन्याविरुद्ध करिअरकै उत्कृष्ट बलिङ गरेका थिए ।

सन्दीपले केन्याविरुद्ध १० ओभरमा ५ मेडन राख्दै २० रन दिएर ५ विकेट लिएपछि नेपालले सामान्य लक्ष्य पाएको थियो ।
प्रतियोगिताको पहिलो खेलमा सन्दीपले नामिवियाविरुद्ध ४ विकेट लिएका थिए भने दोस्रो खेलमा ओमानविरुद्ध २ तथा तेस्रो खेलमा युएईविरुद्ध ३ विकेट लिएका थिए ।

युएईसँग बिहीबार भएको फाइनलमा उनले १ विकेट लिएका थिए ।
क्यानडाविरुद्ध १ विकेटको नाटकीय जित हासिल गर्दा अन्तिम विकेटका लागि करण केसीसँग ५१ रनको साझेदारीमा सन्दीपले गतिलो साथ दिएका थिए । उनी हालै आईपीएलको फ्रेन्चाइजी टोली दिल्ली डेयरडेभिल्समा आबद्ध भएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top