डिभिजन–२ उपाधिका लागि भिडन्त : नेपाल विरुद्ध युएईले ब्याटिङ गर्दै 

खेल फागुन ३ २०७४ ekhabarnepal
298075565nepvuae

 


काठमाडौं,

आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि नेपाल र युएईबीच प्रतिस्पर्धा भइरहेको छ। नामिबियाको वन्डरर्स मैदानमा युएईले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ। 

तेस्रो स्थानका लागि नामिबिया र क्यानडाबीच तथा पाँचौ स्थानका लागि ओमान र केन्या खेलिरहेका छन्। नेपाल र युएईबीच प्रतियोगितामा दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि लिग चरणमा भएको खेलमा नेपालले युएईलाई ४ विकेटले पराजित गरेको थियो। ३४ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको युएईले १ सय १४ रन जोडेको थियो। कप्तान पारस खड्काले ५१ रन जोडेपछि नेपालले ३१ बल खेल्न बाँकी छदा ६ विकेटको क्षतिमा लक्ष्य पार गरेको थियो। 

समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको सनसनीपूर्ण जित निकालेसँगै नेपाल लिगको शीर्ष स्थानमा रहन सफल भएको हो। आयोजक नामिबियालाई पराजित गरेको युएई लिगमा दोस्रो बनेको हो। 

नेपालले ५ मध्ये ४ खेलमा जित निकाल्दै ८ अंक जोड्यो। पाँचौ खेलमा क्यानडालाई पराजित गरेको नेपालले पहिलो खेलमा नामिबिया, तेस्रो खेलमा युएई र चौथो खेलमा केन्यालाई हराएको थियो। दोस्रो खेलमा भने नेपाल ओमानसँग पराजित भएको थियो।

दोस्रो स्थानको युएईले ६ अंक जोड्यो। युएईले ६-६ अंक जोडेका तेस्रो स्थानको क्यानडा र चौथो स्थानको नामिबियालाई रनरेटपछि पारेको हो। पाँचौ स्थानमा रहेको ओमानले २ जित निकाल्दा केन्याले समूह चरणका पाँचै खेलमा हार बेहोर्‍यो।

प्राप्त प्रतिकृयाहरू

To Top