समाचार / विश्व

बम विस्फोट गराउनेलाई आजीवन कारावास 

फागुन २ २०७४     ekhabarnepal
 100022651  100019882 rahimi

फाल्गुन २ ,
 अमेरिकाका न्यूयोर्क र न्यूजर्सीमा प्रेसर कुकर बम विस्फोट गराएका व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाइएको छ।अहमद खान रहिमीले म्यानह्याटनमा एउटा विस्फोट गराउँदा ३० जना घाइते भएका थिए।
अफगानिस्तानमा जन्मिएका अमेरिकी नागरिक रहिमीलाई प्रहरीसँगको गोली हानाहानपछि पक्राउ गरिएको थियो।रहिमीले 'कसैका लागि पनि आफूले घृणा नपालेको' अदालतलाई बताए।

३० वर्षीय रहिमीले पछुतो नमानेको र इस्लामिक स्टेटलाई सघाउनका निम्ति जेलमा अरूलाई कट्टर विचारधारा मान्न लगाउने प्रयत्न गरेको संघीय अभियोजनकर्ताहरूले बताएका छन्। कतिपयले 'चेल्सी बम हमलाकारी' भनेर चिन्ने गरेका रहिमीलाई ठूलो विध्वंस निम्त्याउने अस्त्र प्रयोग गरेको र सार्वजनिक स्थानमा बम विस्फोट गराएको लगायत सबै आठवटा आरोपमा सन् २०१७ को अक्टोबरमा दोषी ठहर गरिएको थियो।

एउटा वक्तव्यमार्फत न्यूयोर्कका गभर्नर एन्ड्रिव क्वोमोले 'न्याय भएको' प्रतिक्रिया दिएका छन्।उनले भनेका छन्, "हुन त यो आदेशबाट त्यो घृणित कार्यले न्यूयोर्कवासीलाई दिएको घाउ र पीडा पुरिने छैनन्। तर त्यसले एउटा सशक्त सन्देश दिएको छ कि डर, घृणा र हिंसा निम्त्याउन चाहनेलाई हामीले छाड्नेछैनौँ।"

सन् २०१६ को सेप्टेम्बर १७ मा थुप्रै घरेलु बमहरूसहित रहिमी न्यूजर्सीको एलिजाबेथस्थित आफ्नो घरबाट निस्केका थिए।परोपकारका लागि रकम संकलन गर्ने उद्देश्यले आयोजित 'मरिन कर्प्स च्यारिटी' दौडको रूटमा पर्ने न्यूजर्सीको 'सीसाइड हाइट्स' भन्ने ठाउँमा उनले पहिलो बम राखेका थिए।
अन्तिम समयमा आएर दौडको तालिकामा परिवर्तन गरिएका कारण पाइप बम विस्फोट हुँदा कोही घाइते भएन।अनुसन्धानकर्ताहरूका अनुसार रहिमीले चेल्सीको छिमेकी शहर न्यूयोर्कमा दुईवटा बम राखेका थिए जसमध्ये एउटा विस्फोट हुन सकेन।

0 प्रतिकृयाहरू प्राप्त

To Top