समाचार / राजनीति

प्रधानमन्त्री देउवाले आज दिउँसो राजीनामा दिने

फागुन २ २०७४     .
Sher bd

 

काठमाडौं,फाल्गुन २
 प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार राजीनामा दिने तयारी गरेका छन् । दिउँसो तीन बजे मन्त्रीपरिषदको बैठक बस्ने र त्यसपछि प्रधानमन्त्री देउवाले राजीनामा दिने तयारी गरेका हुन् ।

कानुन मन्त्री यज्ञबहादुर थापाका अनुसार मन्त्रीपरिषद बैठकमा यसबारेमा छलफल हुने र निर्णय लिइने सम्भावना रहेको देश सञ्चारलाई जनाकारी दिए । उनले भने ‘दिउँसो तीन बजे क्याबिनेट बस्दैछ । हामी छलफलमा छौँ । राजीनामाको निर्णय हुन सक्छ ।’

निर्वाचन आयोगले बुधबार प्रतिनिधिसभाको समानुपातिक तर्फ निर्वाचित सदस्याको नामावलीसहित प्रतिनिधिसभा निर्वाचनको पूर्व प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउँदैछ । यो प्रतिवेदन बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने भएकाले देउवाले बुधबार नै राजीनामा दिने तयारी गरेका हुन् ।

देउवा गएको जेठ २३ गते नेपालको ४० औँ प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । गणतन्त्र नेपालका नवौँ प्रधानमन्त्री बनेका देउवाको यो प्रधानमन्त्रीका रुपमा चौथो कार्यकाल हो ।

देउवाले आफ्नो नेतृत्वमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन गराए । निर्वाचनमा उनको पार्टी नेपाली कांग्रेसले नराम्रो हार बेहोरेको थियो । देउवाले राजीनामा दिएपछि अब वाम गठबन्धनको नेतृत्वमा सरकार बन्ने छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top