प्रदेश न.२ को सभामुखमा सरोजकुमार यादव निर्विरोध निर्वाचित

राजनीति फागुन १ २०७४ ekhabarnepal
Saroj

 

 काठमाडौं फागुन १,    
२ नम्बर प्रदेशको सभामुखमा राष्ट्रिय जनता पार्टी, नेपालका सरोजकुमार यादव निर्विरोध भएका छन् । 

सभामुखको मंगलबार भएको निर्वाचनमा सर्लाही– १ ख बाट निर्वाचित सांसद्को एकल उमेदवारी परेपछि यादव निर्विरोध भएका हुन् ।

मधेसवादी दलको गठबन्धनको भागवण्डामा सभामुख राजपाको भागमा परेको थियो । सभामुख निर्वाचित भएको घोषणा बुधबारमात्रै हुनेछ ।

जेष्ठ सदस्य लगनलाल चौधरीले यादवलाई सभामुख घोषणा गर्ने र शपथ ग्रहण गर्ने प्रदेश सचिवालयले बताएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top