दिपु न्यौपानेको रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’

मनोरञ्जन फागुन १ २०७४ ekhabarnepal
Download

प्रेम दिवस नजिकिंदै गर्दा दिपु न्यौपानेले रोमान्टिक गीत ‘वि माई भ्यालेन्टाईन’ गीत ल्याएका छन् । सङस् नेपालको यूट्यूव मार्फत ‘वि माई भ्यालेन्टाईन’ सार्वजनिक गरिएको छ ।दिपुकै स्वर तथा सुनिल थापाको म्यूजिक रहेको उक्त गीतको एरेन्जर फडिन्द्र राई छन् । अमृत केसी र स्नेहा शर्माको फिचरिङरहेको गीतको सहायक निर्देशकमा पनि अमृत केसी नै छन् । 

श्रीराज ईन्टरटेनमेन्टको उत्पादन रहेको गीत राजीव बलामीले निर्देशक गरेका हुन् । भ्यालेन्टाईन जोडीका लागि उक्त गीत उत्कृष्ट हुन सक्छ । युगल जोडीको साँचो प्रेमको बास्तविक कथा गीतमा उनिएको छ । भ्यालेन्टाईन केक काटेर उनीहरुल गुलाफ साटासाट गरी उनीहरुले औंठी साटेरै भ्यालेन्टाईन मनाएको दृष्य फिचरिङमा छ  । 

भिडियो

प्राप्त प्रतिकृयाहरू

To Top