पर्वको बहानामा गाँजा बिक्री गर्ने २ जना बाबा सहित ३९ जना प्रहरीको नियन्त्रणमा 

समाज फागुन १ २०७४ ekhabarnepal
Bhid 300x200

 

काठमाडौं फागुन १,
 शिवरात्री पर्वको बहानामा गाँजा बिक्री तथा गाँजा सेवनगरी हल्ला गर्ने ३९ जनालाई प्रहरीले पशुपति क्षेत्रबाट पक्राउ गरेको छ ।

अवैध गाँजाको विक्री वितरण तथा गाँजा सेवनगरी हल्ला गरेको भेटिएपछि प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुस एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । 

पक्राउ पर्नेमा गाँजा बेच्ने २ जना बाबापनि रहेका छन् । शिवरात्रीको बहानामा गाँजाको कारोबार गर्न मिल्दैन एसएसपी पोखरेलले भने, गाँजाको ब्यापार गर्नकै लागीपनि कतिपय बाबाहरु पशुपति क्षेत्रमा आएको हामीले पाएका छौ,त्यस्ता ब्याक्ति भेटेमा कानुनी कारवाही हुन्छ ।  उनका अनुसार पक्राउ परेका ३९ जनालाई महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top