केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने

राजनीति फागुन १ २०७४ .
Kp oli prachanda


 एमाले–माओवादीबीच पद बाँडफाँडमा सहमति
ललितपुर,माघ २९

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण र पद बाँडफाँडका विषयमा सोमबार सहमति भएको छ ।
 ललितपुरको मानभवनमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच २ घण्टासम्म चलेको ‘वान टु वान’ वार्ताबाट पार्टी एकीकरण र पद बाँडफाँडको विषयमा सहमति भएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

पार्टी एकीकरण र सरकार गठनको विषय पनि टुंगिएको र अब घोषणा मात्र बाँकी रहेको अधिकारीले बताए । अधिकारीले भने– “नमिलेका केही विषय थिए, जसलाई दुई अध्यक्षबीचको आजको वार्ताले टुंग्याएको छ ।”
माओवादी नेता जनार्दन शर्माले एमाले र माओवादी एकतापछि महाधिवशेनसम्मका लागि केपी ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष हुने बताएका छन्।‘आज भएको शीर्ष छलफलले पनि सोही निर्णय गरेको छ, महाधिवेशनअघि एकीकृत पार्टीमा अध्यक्ष भन्ने हुँदैन सहअध्यक्ष भएर जाने हो।’

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार पालैपालो प्रधानमन्त्री र एकीकृत पार्टीको अध्यक्ष हुने चर्चाबीच शर्माले यस्तो खुलासा गरेका हुन्।

पार्टी एकता गर्नेगरी संयुक्त घोषणापत्र र तालमेल गरेर निर्वाचनमा गएका दुवै पार्टीका केही नेताहरुले पछिल्लो समयमा व्यक्त गरेका अभिव्यक्तिले पार्टी एकताको विषयमा संसय उत्पन्न भएको थियो ।

राष्ट्रिय सभाको निर्वाचन परिणाम र निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाए लगत्तै सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएपनि एकीकरणको विषयमा दुई पार्टीबीच कुरा नमिल्दा सरकार गठन र पार्टी एकताको विषयमा अन्योलता बढेको थियो ।

२७ माघमा माओवादी अध्यक्ष दाहालले आफूले अफ्ठेरो परिस्थितिमा नयाँ फड्को हान्न सक्ने बताएपछि पार्टी एकताको विषयमा दुई पार्टीबीच थप तिक्तता बढेको आम बझाई थियो ।

 फागुन १ बिहान पुनः ओली र दाहालबीच ‘वान टु वान’ वार्ता हुने र त्यसपछि एकता संयोजन समितिको बैठक बस्नेछ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top