नेपालले टस जितेर फिल्डिङ गर्दै

खेल माघ २९ २०७४ ekhabarnepal
Karan cricket wc 2018 yaman

 

आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको आफ्नो चौथो खेलमा नेपाल केन्या विरुद्ध अहिले टस जितेर फिल्डिङ गरिरहेको छ ।नामिबियाको विन्डहक खेल मैदानमा नेपाल विजयी लक्ष्यका साथ केन्याको सामना गर्दैछ । नेपालले यसअघि खेलेका तीन खेलमा दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको छ ।

नेपालले नामिबिया र संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको थियो भने ओमानसँग हार बेहोरेको छ । जारी प्रतियोगितामा नेपाल चार अंकसहित दोस्रो स्थानमा छ । दुई खेल खेलेको केन्या दुवै खेलमा हार बेर्होदै अंकविहीन छ ।

प्राप्त प्रतिकृयाहरू

To Top