सैनामैनाको दोस्रो नगरसभा  एक सातासम्म चल्ने 

समाज माघ २९ २०७४ .
Sainamaina nagar sabha  photo

स्थानीय कानुन बनाउने र समृद्ध सैनामैनाको योजना

अमृत गिरी

सैनामैना, माघ २८ । सैनामैना नगरपालिकाको दोस्रो नगरसभा आइतबारदेखि सुरु भएको छ ।  एक सातासम्म चल्ने हिउँदे अधिवेशनमा नगरपालिकालाई आवश्यक पर्ने स्थानीय कानुनहरु निर्माणदेखि आवधिक र दीर्घकालिन महत्वका योजनाहरुमासमेत छलफल हुने छ । सैनामैनाले नगरको गुरुयोजना बनाएर अगाडि बढ्ने र समृद्ध सैनामैना नर्मिाण गर्ने यसअघि नै प्रतिबद्धता व्यक्त गरिसकेको छ ।

सैनामैना नगरपालिका- २, थारु होमस्टेमा सुरु भएको अधिवेशनको आइतबार एक समारोहका बीच प्रदेशसभा सदस्य कमला विकले उद्घाटन गरिन । नगरपालिकालाई आवश्यक पर्ने नियमावली तथा नीति निर्माण गरी समृद्ध नगर बनाउन आवश्यकता रहेको बताईन् । नियमावलीलाई लागु गरि नगरबासीको चाँहाना अनुसार गुरु योजना बनाई विकासको आवश्यकता रहेको विकको भनाई छ ।

सुखी सैनामैना बासी र सम्बृद्ध सैनामैना नगरपालिका भन्ने नारा सफल बनाउन प्रथम नगरसभा निर्देशित गरिएका आर्थिक वर्षका नीति तथा कार्यक्रमहरु मध्ये मध्या वधी समीक्षा सम्म भएको प्रगति प्रतिवेदन नगर प्रमुख चित्रबहादुर कार्कीले प्रस्तुत गरेका थिए ।

सफा तथा आधुनिक शहरी सुविधा सहितको नगर बनाउन प्रथम नगर सभाले ल्याएका विविध कार्यक्रम मध्ये अल्पकालीन फोहर व्यवस्थापनमा ६० प्रतिशत् तयारी सम्पन्न भएको खानेपानी तथा सरसफाई तर्फ बनकट्टी र फूलवारी झिमझिमिया खानेपानी योजनालाई प्रदेश तथा केन्द्रीय योजनामा समावेश गर्ने प्रकृयामा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी योजना तथा पूर्वाधार विकास अन्तर्गत नगरपालिका तर्फ १२० ओटा सडक मध्ये २९ कि.मि. स्तरउन्नति र ११ कि.मि. ग्राभेल सम्पन्न भएको र २५ लाख भन्दा माथिका ५ ओटा सडक कालोपत्रे गर्ने काम प्रकृयागत अगाडि बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसै गरी केन्द्रीय योजनातर्फ सैनामैना चक्रपथ निर्माण कार्य भैरहेको सैनामैना लुम्विनी र रामापुर लुम्विनी सडक निर्माण कार्य भैरहेको छ, सालझण्डी तिनगिरे सुंगुरढुंगा सडक ठेक्का सम्झौता भै काम भैरहेको छ । रु ११ करोड ५० लाखको लगानीमा बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिका जोड्ने दानव नदीमा कर्साघाट पुल निर्माण कार्य भैरहेको र दक्षिण बरौली र बीचवापुर कञ्चनपुल करीव ५० प्रतिशत् काम भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै सिंचाई तथा नदी नियन्त्रण तर्फ कञ्चन नदी र दानव नदीमा दोहोरो तटबन्ध गर्ने र घमाहा खोलाको लामि रहमा उच्च बाँघ बाधी सिंचाइ, जलविद्युत, पर्यटन प्रबर्धन प्रयोजनार्थ जलाशययुक्त आयोजनाको सम्भाव्यता अध्ययन भैरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै कृषि तथा पशुपालन तर्फ साना सिंचाई पु¥याउने उद्देश्यले कृषक र नगरपालिकाको साझेदारीमा पम्पसेट, बोरिङ्ग अनुदान उपलव्ध गराउन सूचना प्रवाह भैरहेको र फाराम भर्ने कार्य भैरहेको प्रमुख कार्कीद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी व्यवस्थित बसोवास तथा भवन निर्माण तर्फ भवन संहिता प्रभावकारी बनाउन भूकम्प प्रविधि राष्ट्रि समाज नेपाल (एनसेट) सँग दुई वर्षको लागि सम्झौता भएको र उक्त संस्थाले रु पच्चीस लाख रुपैयाँ सहयोग उपलव्ध गराउने सम्झौता भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसैगरी ४० जना डकर्मीहरुलाई भवन निर्माण सम्वन्धी तालिम, सैनामैना ११ मा २५ लाखको लागतमा सर्पदंश अस्पताल तथा स्वास्थ्य उपचार केन्द्रको ३३ प्रतिशत् काम भैसकेको, जनता आवास कार्यक्रम अन्तर्गत फूसको घर भएको दलित, मुसहर र गन्र्धव समूदायका लागि ४३ ओटा निर्माण कार्य अन्तिम चरणमा पुगेको नगरपालिकाका प्रवक्ता रत्नबहादुर पौडेलले जानकारी दिए ।

त्यसैगरी संस्कृति तथा पर्यटनतर्फ सय वर्षे भड्छा महोत्सव र दोस्रो कृषि तथा पर्यटन महोत्सव र माघी मेला सम्पन्न भएको छ । त्यस्तै शिक्षातर्फ नगर शिक्षा समिति गठन गरी काम भैरहेको छ भने स्वास्थ्यमा नगरपालिकाबाट खरिद गरिएको औषधि तथा जिल्ला जनस्वास्थ्य कार्यालयबाट प्राप्त औषधि स्वास्थ्य चौकीहरुलाई नियमित रुपमा वितरण गरिएको छ ।

त्यस्तै सैनामैना ९ पिपल डाँडामा विद्युद सव-स्टेशननिर्माणका लागि १८ करोडको कार्यक्रम स्वस्कृत भैसकेको र कम्पाउण्ड वालको लागि १३ लाख विनियोजन गरेको र त्यसको सूचना वोर्ड अनावरण भै काम सुरु भैरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आर्थिक वर्ष २०७४÷७५ का लागि अनुमान गरिएको रु ५४ करोड ६७ लाख १३ हजार ५ सय ४ रुपैया ९८ पैसा मध्ये १४ करोड २१ लख ६ हजार ५ सय ५० अर्थात कूल बजेटको २६.४० प्रतिशतखर्च भएको छ । त्यसै गरी सेवाप्रवाह छिटो र छरितो बनाउनकम्प्युरबाट सेवाप्रवाह भैरहेको प्रतिवेदनमाउल्लेख गरिएको छ ।

नगरपालिकाले अहिले सम्म पारित गरेका कानुनहरु

नगरपालिकाले आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, नगर कार्यपालिकाको कार्य सम्पादन नियमावली २०७४, नगर कार्यपालिकाको कार्य विभाजन नियमावली २०७४, नगर कार्यपालिकाको बैठक सञ्चालन कार्यविधि २०७४, नगर सभा सञ्चालन कार्यविधि २०७४ र टोल विकास संस्था गठन तथा सञ्चालन कार्यविधि २०७४ पारित गरिसकेको छ ।

दोस्रो नगरसभाबाट पारित हुने कानुनहरु यस्ता छन्

सैनामैना नगरपालिकाको पागुन २ गते बस्ने दोस्रो नगर सभाले विभिन्न कानुनहरु पारित गर्ने कार्यसूचि रहेको छ । जसमा सैनामैना नगरपालिकाको केही कानुन तर्जुमा र व्यवस्थापन गर्न बनेको ऐन २०७४, सैनामैना नगरपालिकाको केही सार्वजनिक लिखित प्रमाणिकरण र प्रकाशन कार्यविधि ऐन २०७४, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थापन गर्न बनेको ऐन २०७४, कृषि व्यावसाय प्रबद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४, एफ.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि ऐन २०७४, सहकारी ऐन २०७४, शिक्षा ऐन तथा नियमावली २०७४, बजार अनुगम निर्देशिका २०७४, जेष्ठ नागरिक परिचय पत्र वितरण कार्यविधि २०७४ र फोहर मैला व्यवस्थापन कार्यविधि २०७४ रहेका छन् । जसलाई विद्येयक समितिले पारित गरी कार्यपालिकाको सिफारिसमा नगरसभाले पारित गरेर राजपत्रमा प्रकाशित भएपछि मात्र लागू हुने नगर प्रवक्ता पौडेलले जानकारी दिए ।

नेपालको संविधान २०७२ को अनुसुची ८ मा स्थानीय तहको २२ वटा एकल अधिकार तोकिएको छ भने अनुसुची ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूची उल्लेख छ । स्थानीय ऐनका कुनै प्रावधान प्रदेश कानुनसँग बाँझिन गएमा त्यस्ता प्रावधान स्वतः प्रदेश कानुन अनुसार हुने ब्यवस्था रहेको छ ।  नगरपालिकाले कतिपय ऐनको मस्यौदा उपर सरोकारवालाहरुसँग छलफल गरिसकेको छ ।

के भने दलका नेता र अगुवाहरुले

सोही कार्यक्रममा नेकपा एमालेका नगर संयोजक खुशीराम चौधरीले सभाले बनाउने नियम कानून र ऐन  नगरको सम्पत्तीको रुपमा रहनु पर्ने बताउँदै नँया बन्ने नियमावलीले नगरपालिकाको भविष्य निर्धारण गर्ने भएकाले गहन रुपमा लिनु पर्ने बताएका छन । नगरपालिकाले चैत्रसम्ममा सम्पूर्ण बजेट खर्च गरि विकास निर्माणको कार्यलाई अगाडि बढाउनु पर्ने बताएका छन् ।

नेपाली कांग्रेसका नगर सभापति रामप्रसाद अधिकारीले घोषणा पत्रमा उल्लेख भएका कुराहरु ५ वर्षभित्र पुरा गरेर देखाउनु पर्ने बताएका छन । नेकपा माओबादी केन्दका नगर अध्यक्ष नारायण न्यौपानले जनप्रतिनिधिहरुले विकासको कार्य अगाडी बढाउँदा जनतासँग समन्वयन गरि गर्नु पर्ने सुझाब दिएका छन ।

पर्राेहा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख चित्रबहादुर केसी, खानेपानी तथा सरसफाई संस्थाका एकदेव पौडेल, सैनामैना व्यापार संघका अध्यक्ष जिवनाथ पाण्डेय, सैनामैना उद्योग वाणिज्य संघका अध्यक्ष राजबहादुर क्षेत्रीले बोल्दै हिउँदे नगरसभाको शुभकामना दिएका थिए । उनीहरुले नगरपालिकाको समग्र विकासका लागि आफुहरुले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
 

प्राप्त प्रतिकृयाहरू

To Top