समाचार / मनोरञ्जन

कविता - "कोपिला"  

माघ २८ २०७४        रीता काफ्ले
Rita kafle

                                   "कोपिला"  
काडाँको बिचमा मुस्कुराउने गर्छु म , चारैतिर मेरै चर्चा गरेको  देख्छु  ।
गुम्सिएका हुन्छन् अथाहा पिडाहरु के थाहाँ हेर्नेलाई ,कति दु:ख खेप्छु ।।


लुकेको त्यो सुवास छर्छु जताततै सुगन्धले अवश्य मग्न बन्नेछौ तिमी ।
आज पनि कदम चालिरहेकी छु अभाव र सङघर्षलाइ बनाई सङगिनी ।।


 जिउन त मैले कहाँ जानेकी थिए ? समय अब्बल रहेछ सिकायो आज । 
अल्झिन्छु यात्रामै थकित बन्छु पल पलमा सङघर्षले गर्दिन्छ मसाज ।।


जिवनलेनै सिकायो यस्तो पाठ दु:ख लाइ सधै आफनो सहयात्री सम्झिनु।
फूल पनि ओइलिएर झर्ला तर तिमी कर्मठ बनि फक्रियरै  तम्किनु ।।


तिम्रो गतिमा समय चल्दैन कहिल्यै सधै पाइला चाल्नु समय अनुसार ।
फूलले देख्दछ फूलैको सँसार अनि पापीले ठान्दछ पापको हो यो सँसार ।।


आकाशमै हुन्छन नौँ लाख तारा तर, औसीको अन्धकार रातमा भेटदिन ।
 समयले धक्का दिलाउला अपसोच,आफूप्रतिको विश्वास कदापि मेटदिन ।।


म कोपिला हँु फूल्नेछु अवश्य एकदिन तर पर्ख केहि  समय  लाग्नेछ । 
म यस्तो सुनैलो बिहानी बन्नेछु एकदिन यो देशले मेरो चाहा गर्नेछ ।।
                                                                                            रीता काफ्ले


 

0 प्रतिकृयाहरू प्राप्त

To Top