पदीय भागबण्डाको टुंगो लाग्यो : फागुन ६ गते भित्रै नयाँ सरकार बन्नेछ 

राजनीति माघ २६ २०७४ ekhabarnepal
Prachand

 

माघ २६,    
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी फागुन ६ गते नै नयाँ सरकार बन्ने बताएका छन् ।शुक्रबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले फागुन ५ गतेभित्रमै निर्वाचन आयोगले प्रतिनिधिसभाको सबै परिणाम बुझाइसकेपछि फागुन ६ गते नै नयाँ सरकार बन्ने संभावना रहेको बताए ।

अध्यक्ष प्रचण्डले पदको भागबण्डाका कारण पार्टी एकतामा ढिलाई नभएको स्पष्ट पार्दै भने, “पार्टी एकताको मोडालिटीको अन्तिम रूपबारे छलफल चलिरहेको केही समय ढिलाइ भएको हो । पदीय भागबण्डामा कुने समस्या छैन ।”

उनले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताबारे कुन नेताले के भन्छ भन्नेतर्फ नलाग्न आग्रहसमेत गरे । विभिन्न कार्यक्रममा सहभागी हुन शुक्रबार गृह जिल्ला चितवन आएका अध्यक्ष प्रचण्डले भने, ““अरु नेताले के भन्छन् भन्ने कुरा छाड्नुस् ।”

पार्टी एकता प्रक्रिया गठबन्धन गरेजस्तो सहज नभएको भन्दै अध्यक्ष प्रचण्डले भने, “पार्टी एकता सकारात्मक दिशामा अघि बढेको छ र मोडालिटीलाई अन्तिम रूप दिनेबारे छलफल भइरहेको छ ।”
 

प्राप्त प्रतिकृयाहरू

To Top