प्रदेश एकको एमाले संसदीय दलको नेतामा शेरधन विजयी 

राजनीति माघ २६ २०७४ .
Sherdhan

 


मोरङ-प्रदेश नम्बर एकको एमाले संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन्।

विराटनगरको जिल्ला समन्वय समितिको भवनमा भएको मतदानमा राईले २६ मत ल्याएर विजयी भएका हुन्। यो सँगै राई प्रदेश नम्बर एकको मुख्‍यमन्त्री बन्‍ने निश्‍चित भएको छ।

राईका प्रतिद्वन्द्वी भीम आचार्यले २४ मत ल्‍याए भने एक मत बदर भएको थियो।

पहिलो नम्बर उम्मेदवारी दर्ता गराएका राईका प्रस्तावकमा सुनसरीका जगदीश कुशैयत र समर्थकमा झापाका हिक्मत कार्की थिए।

यस्तै दोश्रो नम्बरमा उम्‍मेदवारी दर्ता गराएका भीम आचार्यको प्रस्तावकमा संखुवासभाका तुलसी न्यौपाने र समर्थकमा पांचथरका गणेश काम्बाङ थिए।

प्रदेश सभासदस्यमा एमालेको कुल ५१ सभासदस्य छन्।

प्राप्त प्रतिकृयाहरू

To Top