समाचार / खेल

नेपालले टस जितेर बलिङ गर्दै  

माघ २५ २०७४     ekhabarnepal
1114807713img 2750


काठमाडौं माघ २५,
नामिवियामा आजबाट सुरु भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु को आफ्नो पहिलो खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने भएको छ । घरेलु टोली नामिवियाले केही बेरमा ब्याटिङ थाल्नेछ ।
अफिस पार्कमा हुने खेलमा दुबै टोली जितको खोजिमा छन् । पहिलो खेलमा नै जित हात पार्दै सुखद सुरुवात गर्ने दाउमा छन् । नामिविया घरेलु भूमिको मौका उठाउने लक्ष्यमा छ र यसअघि भएको पराजयको बदला लिने रणनीतिमा छ । तर नेपाल भने आफ्नो पुरानै लयलाई निरन्तरता दिन चाहन्छ ।
पछिल्लो तीन खेलको इतिहासमा नेपालले नामिवियालाई लगातार जित हात पारेको छ । 
प्रतियोगितामा आयोजक नामिवियासँगै नेपाल, केन्या, युएई, ओमन र क्यानडा रहेको छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top