डान्स गर्न अस्वीकार गरेपछि : चर्चित अभिनेत्री सुमबुल खानको गोली हानी हत्या

मनोरञ्जन माघ २३ २०७४ ekhabarnepal
Pakistani actrees 2018028407

 

पाकिस्तानकी चर्चित अभिनेत्री तथा गायिका सुमबुल खानको हत्या भएको छ। धनीहरूको पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि उनको गोली हानेर हत्या भएको हो।

यो घटना पाकिस्तानको मर्दन शहरमा भएको थियो। बेलायतबाट प्रकाशित हुने इन्डिपेन्डेन्ट पत्रिकाले पाकिस्तानको स्थानीय पाकिस्तान एक्सप्रेस ट्रिब्युन पत्रिकालाई उद्धृत गर्दै यसको जानकारी दिएको हो। सुमबुललाई एक प्राइभेट पार्टीमा आफ्नो प्रस्तुति देखाउन निम्तो गरिएको थियो। तर, उनले प्रस्ताव अस्वीकार गरेपछि घरमा छिरेर उनको हत्या गरिएको हो।

२५ वर्षीय सुमबुलले गत शनिबार पार्टीमा डान्स गर्न अस्वीकार गरेपछि केही व्यक्ति उनलाई घरबाटै उठाएर लैजान आएका थिए। त्यस क्रममा उनले भाग्ने प्रयास गरेकी थिइन्। यति नै बेला उनलाई गोली हानिएको थियो। उनलाई धेरै गोली लागेको बताइएको छ। उनको घटनास्थलमै निधन भएको थियो।

प्रहरीले पक्राउ गरेको एक अभियुक्तको नाम नइम खट्टक बताइएको छ, जो पूर्व प्रहरी अधिकारी हुन्। बाँकी दुई जना घटनास्थलबाट भाग्न सफल भएका थिए। पुलिस अधिकारी सइद खानले भगौडाहरुको खोजी भइरहेको बताएका छन्।

प्राप्त प्रतिकृयाहरू

To Top