माल्दिभ्सका प्रधानन्यायाधीशहरु प्रहरीको नियन्त्रणमा 

विश्व माघ २३ २०७४ ekhabarnepal
Maldivs

माघ २३ ,

देशमा राजनीतिक संकट चुलिँदै गएका बेला माल्दिभ्सको प्रहरीले देशका प्रधानन्यायाधीशलाई नियन्त्रणमा लिएको छ।सरकारले संकटकाल घोषणा गरेको केही घण्टामा प्रधानन्यायाधीश अब्दुल्लाह साइद र अर्का न्यायाधीश अलि हामिद पक्राउमा परेका हुन्।उनीहरूमाथि लगाइएको अभियोगबारे कुनै विवरणहरू दिइएको छैन।अदालतले गत साता राजनीतिक बन्दीहरूलाई रिहा गर्न दिएको आदेश मान्न राष्ट्रपति अब्दुल्लाह यामिनले अस्वीकार गरेपछि पछिल्लो उथलपुथल शुरू भएको हो।

विपक्षीहरूले सरकारको कदम सफाया गर्ने खालको भएको बताएका छन्।अमेरिकी राष्ट्रिय सुरक्षा परिषदले विश्वको आँखा माल्दिभ्समा रहेको भन्दै त्यहाँको सरकार र सेनालाई कानूनी शासनको सम्मान गर्न आह्वान गरेको छ।राष्ट्रपति यामिनले सर्वोच्च अदालतले गत महिना राजनीतिक बन्दीहरूलाई रिहा गर्न र त्यहाँको विपक्षी सांसदहरूलाई पुनर्स्थापित गर्न दिएको आदेशको अवज्ञा गरेका छन्।गत साता सर्वोच्च अदालतले राजनीतिक बन्दीहरूको एउटा समूहलाई रिहा गर्न आदेश दिएको थियो।
उसले सन् २०१५ मा पूर्व राष्ट्रपति मोहम्मद नाशीदमाथिको सुनुवाई पनि असंवैधानिक भएको निर्णय सुनाएको थियो।निर्वासनमा बस्दै आएका पूर्व राष्ट्रपति नाशीद प्रजातान्त्रिक रूपमा निर्वाचित भएका पहिला नेता हुन्।माल्दिभ्समा आपत‍्कालीन स्थितिको घोषणा


उनले यो शासनलाई गैरकानूनी भन्दै यामिनले तत्काल राजीनामा दिनुपर्ने बताएका छन्।सर्वोच्च अदालतको आदेशपछि देशका प्रहरी आयुक्तले आफूले त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।त्यसको प्रतिक्रियामा राष्ट्रपति यामिनले उनलाई बर्खास्त गरे।
यो संकट सोमबार संकटकाल घोषणा भएपछि थप चुलिएको थियो।पूर्व राष्ट्रपति माउमुन अब्दुल गायुम जसले विपक्षीसँग समझदारी गरेका छन् उनलाई घरमै बन्दी बनाइएको खबरहरू आएका छन्।प्रहरीलाई सर्वोच्च अदालतमा पनि खटाइएको छ।माल्दिभ्सका जनताले एक अर्कालाई सुरक्षित रहन भन्दै सन्देश पठाइरहेका छन्।सन् २०१३ मा यामिनले सत्ता हातमा लिएपछि माल्दिभ्समा स्वतन्त्र न्यायपालिका र अभिव्यक्ति स्वतन्त्रताबारे प्रश्नहरू उब्जिँदै छन्।
 

प्राप्त प्रतिकृयाहरू

To Top