इङ्गलिस प्रिमियर लिग फुटबलमा वाट्फोर्डल विजयी

खेल माघ २३ २०७४ ekhabarnepal
1517880975goall b2rwmcdqzo

 

माघ २३,
इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा वाट्फोर्डलसँग चेल्सी पराजित भएको छ । खेलमा चेल्सीलाई वाट्फोर्डले ४–१ ले हराएको हो ।वाट्फोर्डले खेलको अन्तिम ६ मिनेटमा तीन गोल गरेको थियो । घरेलु टोली वाट्फोर्डलाई विजयी गराउन ट्रोए डिनी, यानमत, जेरार्ड डेलोफु र रोबर्टो परेराले १–१ गोल गरे । चेल्सीका लागि एडिन हाजार्डले एक सान्वना गोल गरेका थिए ।


खेलको ३० औं मिनेटमै चेल्सीका मिडफिल्डर बाकायोको दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिएपछि चेल्सी १० जनामा समेटिएको थियो । गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा २६ खेलबाट ६९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा छ ।
५६ अंक जोडेको म्यान्चेस्टर युनाईटेड दोस्रो स्थानमा छ भने ५१ अंकको साथ लिभरपुल तेस्रो तथा ५० अंक जोडेको चेल्सी चौथो स्थानमा रहेको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top