नेपालमा पनि बलिउड फिल्मको छायांकन :फिल्मको मुख्य भुमिकामा दीपिका र इरफान

मनोरञ्जन माघ २० २०७४ ekhabarnepal
Deepika padukone 1500712272

 

माघ २० ,
बलिउडमा अत्यन्तै चर्चित र सफल मानिएकी अभिनेत्री दीपिका पादुकोण अभिनीत बहुप्रतिक्षीत फिल्म पद्मावत अहिले सफलतापूर्वक प्रदर्शन भइरहेको छ ।यो फिल्म २०१८ मार्च ५ बाट नेपालमा छायांकन सुरु गरिने छ । नेपाल छायांकनका लागि फिल्म यूनिटले सम्पूर्ण तयारी पूरा गरिसकेको छ ।
विशाल भारद्वाजले निर्देशन गर्ने नयाँ फिल्ममा पिकुु अभिनेत्री दीपिका र अभिनेता इरफान खानले प्रमुख भूमिका निर्वाहा गर्नेछन् ।  यसअघि यो फिल्मलाई विशालका सहायक निर्देशक हनी त्रेहानले निर्देशन गर्ने कुरा थियो । फिल्मको बारेमा निर्देशक विशालले भने, ‘मैले फिल्मको पटकथा करीब २ वर्ष अगाडि नै लेखेको थिएँ । तर यसलाई अब म निर्देशन गर्दैछु ।

दीपिकासँग काम गर्नका लागि म निकै उत्साहित छु किनकी मलाई उनको काम निकै मन पर्छ ।’फिल्मको कथा उपन्यास ‘माफिया क्विन्स अफ मुम्बई’ मा आधारित हुनेछ । नाम तय नभएको यो फिल्म क्रियाज इन्टरटेनमेन्ट र विशला भारद्वाज पिक्चर्सको ब्यानरमा निर्माण हुनेछ । फिल्मको छायांकन नेपालको कुन कुन ठाउँमा हुनेछ त्यसको जानकारी भने प्राप्त भएको छैन ।


खबरअनुसार, यो फिल्ममा दीपिका पादुकोणले लेडी डन राहिमा खान उर्फ सपना दीदीको भूमिका निर्वाहा गर्नेछिन् । यी डनले आफ्ना श्रीमानको मृत्युको प्रतिशोध लिनका लागि अन्डरवर्ल्ड डन दाउद इब्राहिमको हत्याको योजना बनाउँछिन् ।तर, दाउदलाई त्यो योजनाको बारेमा तुरुन्त जानकारी हुन्छ र उनले राहिमा खानको नै हत्या गर्न लगाउँछन् । फिल्म निकै नै दमदार हुने बलिउडमा अनुमान गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top