पद्मावतका विषयमा शाहिद कपूर र रणवीर सिंहबीच विवाद

मनोरञ्जन माघ १९ २०७४ ekhabarnepal
7280 20180118073805 850x850

 

काठमाडौं माघ १९, 

पद्मावतमा शाहिद कपूरभन्दा बढी रणवीर सिंहको भूमिकाको चर्चा चलिरहेको छ । शाहिद कपूरलाई यो पचाउन गाह्रो भइरहेको छ । उनी अलाउद्दीन खिलजीको भूमिका रणवीरले भन्दा फरक तरिकाले गर्न सक्ने बताइरहेका छन् । 

शाहिदलाई पत्रकारले खिलजीको भूमिका गर्न चाहनुभएको थियो भनी सोध्दा उनले भने, ‘अवश्य । सञ्जय लीला भन्सालीको फिल्ममा यस्तो भूमिकामा खेल्न कुन चाहिँ अभिनेता लालायित नहोला र ? कफी विद करणमा रणवीरले कमीनेमा मेरो रोल मभन्दा राम्ररी गर्न सक्थें भने अनि म पनि खिलजीको रोल उनीभन्दा राम्रो गर्न सक्छु । हामी दुई अभिनेताको अभिनय शैली फरक फरक छ, त्यसैले हामी त्यही पात्रलाई अलग तरिकाले खेल्न सक्छौं ।’

शाहिदले रणवीर जस्तो प्रतिभाशाली अभिनेतासँग काम गर्दा आफूले पनि भरपूर दिने कोशिश गरेको बताए । पद्मावत जनवरी २५ मा रिलिज भएको थियो र यसले राम्रो पैसा कमाइरहेको छ । एजेन्सी,
 

प्राप्त प्रतिकृयाहरू

To Top