सागर आलेले ल्याए प्रेम दिवसको उपहार 'मलाई किन तिम्रो माया' (भिडियो सहित)

मनोरञ्जन माघ १८ २०७४ ekhabarnepal
Xsagar p20aaje.jpg.pagespeed.ic.ouetk5otwq

काठमाडौ माघ १८ ,

नेपाली सिंगिङ्ग रियालिटी शो 'नेपाल आइडल'बाट चर्चामा आएका सागर आलेको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम दिवस नजिकिँदै गर्दा सागरको 'मलाई किन तिम्रो माया' बोलको प्रेममय गीत सार्वजनिक गरिएको हो । राज खड्काको शब्द तथा संगीत रहेको गीतमा सागरको साथमा सुमिना लोको स्वर रहेको छ ।

सुवास नेपालको निर्देशन गरेको यस गीतको भिडियोमा राज खड्का र जुना सुन्दासको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका छन् भने कोरियोग्राफर ओजस्वी साउद हुन् ।

भिडियो

प्राप्त प्रतिकृयाहरू

To Top