प्रिमियर लिगमा हडल्सफिल्ड टाउनलाई ३–० ले हराउदै लिभरपुलको जित

खेल माघ १७ २०७४ ekhabarnepal
Liv1

 

एजेन्सी- माघ १७,  

मंगलबार राति भएको अर्को प्रिमियर लिग खेलमा लिभरपुलले हडल्सफिल्ड टाउनलाई ३–० गोलले पराजित गरेको छ ।लिभरपुलका लागि इम्री कान, फिर्मिनो र मोहमम्द सलाहले एकएक गोल गरेका थिए ।
स्वान्सी सिटीसँग पराजित भएपछि आलोचित बनेका प्रशिक्षक उर्गेन क्लबलाई केही राहत मिलेको छ ।च्याम्पियन्स लिगको लागि स्थान सुरक्षति बनाउन पनि लिभरपुलले खेलहरु जित्नै पर्ने दबाब रहेको छ ।
सन्तुलित खेल प्रदर्शन गर्न नसकिरहेका कारण क्लप आलोचित बन्दै आइरहेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top