भलिबल प्रतियोगीतामा हङकङलाई २–० हराउदै नेपालको जित : भोलि मकाउसंग भिडने

खेल माघ १६ २०७४ ekhabarnepal
Ball

माघ १६,

हङकङसंग भएको दुई मैत्रीपूर्ण भलिबल प्रतियोगीतामा नेपालले हङकङलाई २–० ले हराएको छ ।

दुईवटा मैत्रीपूर्ण खेलमा हङकङलाई नेपालले २ अंकले जितेको हो । नेपालको राष्ट्रिय भलिबल टोलीले हङकङको राष्ट्रिय टोलीलाई ३–१ को सेटमा पराजित गरेको थियो । यसअघि आइतबार भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको थियो ।

हङकङको पो विङ रोड स्पोर्टस सेन्टरमा भएको खेलमा सुरुवाती दुई सेट नेपालले क्रमशः २५–१६ र २५–१४ ले जित्यो ।तेस्रो सेट २८–२६ ले गुमाएको नेपालले चौथो सेटमा पुनरागमन गर्दै २७–२५ ले आफ्नो पक्षमा पारेको हो । ३४ वर्षपछि पहिलोपटक भएको हङकङसंगको भेटमा नेपालले दुवै मैत्रीपूर्ण खेलमा जित हाँसिल गरेर उत्साहित बनेको छ ।

नेपाली टोलीले भोलि मकाउको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसका लागि नेपाली टोली आज मकाउ प्रस्थान गर्नेछ ।

प्राप्त प्रतिकृयाहरू

To Top