सवारी कारवाहीबाट १६ लाख ८० हजार राजस्व संकलन

अर्थ माघ १६ २०७४ ekhabarnepal
Trafic 1

 गुल्मी माघ १६, 

गुल्मीमा सवारी कारवाहीबाट कुल १६ लाख ८० हजार राजस्व संकलन गरिएको छ । साउनदेखि माघ महिनासम्म कारवाहिमा परेका कुल दुई हजार सात सय ७७ सवारी साधनबाट सो रकम संकलन भएको हो ।

पछिल्लो सात महिनामा सबैभन्दा धेरै सवारी कारवाहि र राजस्व संकलन असोजमा भएको छ । असोजमा मात्र कुल छ सय ४८ सवारी कारवाहिबाट चार लाख तिन हजार पाचँ सय राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

कारवाहिमा पर्ने सबैभन्दा धेरै मोटरसाइकल रहेका छन् । एक हजार चार सय २० ओटा मोटरसाइकल कारवाहिबाट सबैभन्दा धेरै राजस्व आठ लाख ७७ हजार संकलन भएको प्रहरी नायब निरिक्षक थापाले बताए ।

त्यस्तै कारवाहिमा परेका एक सय ३१ ट्रकबाट ९४ हजार पाचँसय, तिन सय ३८ बसबाट एक लाख ९० हजार पाचँसय, सात सय १४ बसबाट चार लाख २१ हजार र एक सय ७४ ट्याक्टरबाट १७ हजार राजस्व प्राप्त भएको छ ।

 

प्राप्त प्रतिकृयाहरू

To Top