राष्ट्रिय बाणिज्य बैंकको नाफामा ४७ प्रतिशतले वृद्धि

अर्थ माघ १५ २०७४ ekhabarnepal
Rastra banijya bank banner

  काठमाडौं माघ १५ ,
राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ प्रतिशतले बढेको छ । बैंकले चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा आफ्नो नाफा एक अर्ब ७८ करोड बढाएको छ ।सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकको नाफा ४७ दशमलव १० प्रतिशतले वृद्धि भएको छ । चालु आर्थिक बर्षको पुस मसान्तकाृ यो अवधिमा बैंकले आफ्नो नाफा ५७ करोडले वृद्धि गरेर एक अर्ब ७८ करोड पु¥याएको हो ।

बैंकले अघिल्लो आर्थिक बर्षको यही अवधीमा एक अर्ब २१ करोड नाफा कमाएको थियो । बैंकले एक खर्ब ४९ अर्ब निक्षेप संकलन गरेर एक खर्ब १० अर्ब कर्जा लगानी प्रवाह गर्दा सीडी रेसियो ६९ दशमलव १२ प्रतिशत मात्रै पुगेको छ । ठूला निजी बैंकहरु सिडी रेसियो नाघेर कर्जा प्रवाह गर्नै नसक्ने अवस्थामा पुगिसक्दा पनि बाणिज्य बैंक भने अझै १० प्रतिशत थप कर्जा लगानी गर्न सक्ने अवस्थामा रहेको छ ।

अन्य सरकारी संस्थान तथा उद्योगहरु निरन्तर ओरालो लागिरहँदा पनि राष्ट्रिय बाणिज्य बैंकले भने निरन्तर प्रगति गरिरहेको देखिन्छ । बैंकले ५ अर्ब ३२ करोड ब्याज आम्दानी गरेर एक अर्ब ३१ करोड मात्रै ब्याज खर्च गरेको देखिन्छ । बैंकले कर्मचारी खर्च पनि एक अर्ब ४१ करोडबाट घटाएर एक अर्ब २० करोडमा सीमित गरेको छ । खराब कर्जा ३ दशमलव ११ प्रतिशत रहेको बैंकले ८८ करोड प्रोभिजन गरेको छ भने ४० करोड राइट ब्याकबाट आम्दानी गर्न सफल भएको बैकले जनाएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top