यू-१९ विश्वकपको फाइनलमा अष्ट्रेलिया 

खेल माघ १५ २०७४ ekhabarnepal
Cricket

 माघ १५ ,  

अफगानिस्तानलाई ६ विकेटले हराउँदै अष्ट्रेलिया यू-१९ विश्वकपको फाइनलमा पुगेको छ ।क्राइस्टचर्चमा अफगानले दिएको १८१ रनको लक्ष्य अष्ट्रेलियाले ३७.३ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । उसले पहिलो विकेट भने सस्तैमा गुमाएको थियो । ओपनर म्याक्स ब्रायट मात्र ४ रनमा आउट भए, जतिबेला टिमको स्कोर २६ रन थियो ।

तर, ज्याक एडवाड्र्सले टिकेर खेले । उनले तेस्रो विकेटका लागि जेसन संगसँग ७७ रनको साझेदारी गरे । जेसन २६ रनमा आउट भए । जोनाथन मार्लोले १७ रन जोडे ।

चौथो विकेटका रुपमा आउट भएका एडवाड्र्सले ७२ रन बनाए, जतिबेला टिमको स्कोर १२९ रन थियो । परम उपल र नेथन मेकस्वीनीले पाँचौं विकेटका लागि अविजित ५३ रनमा साझेदारी गर्दै अष्ट्रेलियालाई जित दिलाए ।
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्ताको सुरुवात राम्रो भएन । इक्रम अली खेलले टिकेर खेले पनि अन्य ब्याट्सम्यानले साथ दिएर ठूलो पारी खेल्न सकेनन् ।इक्रमले ८० रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्ने क्रममा जोनाथन मार्लोले ४ विकेट लिए ।

प्राप्त प्रतिकृयाहरू

To Top