नेपालका स्ट्राइकर बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्दै

खेल माघ १४ २०७४ ekhabarnepal
Bimal

 

माघ १४,
नेपालका स्ट्राइकर बिमल घर्तीमगर भारतीय क्लवबाट खेल्ने भएका छन् । उनी मोहन बगान क्लवमा अनुबन्ध भएका हुन् । बिमल आजै कोलकत्ता जादैछन् । बिमलले भोलीबाटै अभ्यास शुरु गर्ने क्लवले जनाएको छ । क्लवले हिजो साँझ विज्ञप्ति जारी गर्दै यसको पुष्टी गरेको हो । 
अनुबन्ध रकमबारे भने खुलाइएको छैन । राष्ट्रिय टोलीका गोलकिपर किरन चेम्जोङ पनि केही समय अघि मात्र इण्डियन लिग बिजेता मिनेर्भा क्लवमा अनुबन्ध भएका थिए । यस्तै, अर्का खेलाडी रोहित चन्द इन्डोनेसियाको पर्सिजा जाकार्ताबाट खेलिरहेका छन् । 

प्राप्त प्रतिकृयाहरू

To Top