बंगलादेशलाई १३१ रनले हराउँदै भारत सेमिफाइनलमा 

खेल माघ १२ २०७४ ekhabarnepal
India won


 बंगलादेशलाई १३१ रनले हराउँदै भारत यु-१९ विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।फाइनल प्रवेशका लागि चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ । यो खेल आगामी सोमबार हुनेछ । पहिलो सेमिफाइनल भने आइतबार हुनेछ, जसमा अस्ट्रेलियाले अफगानिस्तानको सामना गर्नेछ ।
टस जितेर पहिले ब्याटिङ गरेको भारतले अन्तिम चार बल खेल्नुअघि सबै विकेट गुमाएर २६५ रन बनायो । १६ रन जोड्दा पहिलो विकेट गुमाएको भारतका लागि पृथ्वी शा र शुवमन गिलले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । शा ४० रनमा आउट भए ।

गिलले तेस्रो विकेटका हार्विक देसाईसँग ७४ रनको साझेदारी गरे र ८६ रन बनाएर आउट भए ।गिल आउट भएपछि भने भारतीय ब्याट्सम्यानहरुले ठूलो साझेदारी गर्न सकेनन् र थप ८४ रन जोड्दा अलआउट भयो । अभिषेक शर्माले ५० रन बनाए भने देसाई ३४ रन जोडे ।

बंगलादेशका काजी ओनिकले ३ तथा नयिम हसन र सैफ हसनले समान २/२ विकेट लिए ।२६६ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले सुरुवात राम्रो गर्न सकेन । २३ रन जोड्दा पहिलो विकेट गुमाएको बंगलादेश ४२.१ ओभरमा १३४ रन जोड्दै अलआउट हुन पुग्यो ।ओपनर पिनाक घोषले ४३ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले २० रन कटाउन सकेनन् ।

बंगलादेशलाई सस्तैमा अलआउट गर्ने क्रममा भारतका कमलेश नगरकोटीले ३ विकेट लिए भने शिभम माभी र अभिषेक शर्माले समान २/२ विकेट आफ्नो नाममा लेखाएका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top