अस्पतालमा आगलागी हुदा ३१ जनाको ज्यान गुम्यो 

विश्व माघ १२ २०७४ ekhabarnepal
Ko

माघ १२,  दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ ।

दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ

अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने इमरजेन्सी कक्षबाट आगो सल्किएको अनुमान गरिएको छ । अस्पतालको नजिकै रहेको नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।

प्राप्त प्रतिकृयाहरू

To Top