सेमिफाइनलको लागि केर्बर र हालेप भिडदै

खेल माघ १० २०७४ ekhabarnepal
815619500simona kerber


एजेन्सी । विश्व नम्बर एक सिमोना हालेप वर्षको पहिलो ग्राण्डस्लाम टेनिस अष्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन् । बुधबार भएको क्वाटरफाइनलमा कारोलिना प्लिस्कोभालाई पराजित गर्दै रोमानियाकी हालेपले अन्तिम चारमा स्थान पक्का गरेकी हुन् ।
मेलबर्नपार्क स्थित रोड लाभेर एरिनामा भएको खेलमा हालेपले चेक गणतन्त्रकी प्लिस्कोभालाई ६–३ र ६–३ को सेटमा पराजित गरिन् । अब हालेपले सेमिफाइनलमा साबिकको विजेता एन्जेलिक केर्बरसँग खेल्ने छिन्  ।जर्मनीकी केर्बर अमेरिकी खेलाडी मैडिसन किइजलाई हराउँदै यसअघि नै अन्तिम चारमा पुगिसकेकी छिन् । ३० वर्षिय केर्बरले किइजलाई ६–१ र ६–२ को सोझो सेटमा पराजित गरेकी थिइन् ।


यस्तै महिलातर्फको अर्को सेमिफाइनलमा डेनमार्ककी कारोलिन वोज्नियाकी  र जर्मनकी एलिस मर्टेन्सबीच हुनेछ ।पुरुषतर्फ दक्षिण कोरियाका खेलाडी चुङ ह्युनले सेमिफाइनलमा स्थान पक्का गरेका छन् । चौथो चरणमा नोभाक जोकोभिकलाई पराजित गरेको ह्युनले क्वाटरफाइनलमा अमेरिकन टेनेस स्यान्डग्रेनलाई ६–४, ७–६ (७–५) र ६–३ को सेटमा हराए ।
योसंगै कोरियका शिर्ष बरियता प्राप्त २१ बर्षिय ह्युन कुनैपनि ग्राण्डस्लाम टेनिसको सेमिफाइनलमा पुग्ने पहिलो कोरियाली खेलाडी बनेका छन् ।

प्राप्त प्रतिकृयाहरू

To Top