प्रदेश नं ५ का प्रदेश सांसदहरुको सपथ ग्रहण 

राजनीति माघ ७ २०७४ .
Dsc 6507 696x385

 

बुटवल, माघ ७ 
प्रदेश नम्बर ५ का नवनिर्र्वािचत प्रदेशसभा सदस्यहरुको पद तथा गोपनियताको शपथ ग्रहण सम्पन्न भएको छ ।
प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा सांसदहरुको सपथ ग्रहण भएको हो । पदबहाल गरेलगत्तै प्रदेश प्रमुख उमाकान्त झांले जेष्ठ सांसद बलदेव शर्मा पोखरेललाई पद तथा गोपनियताको सपथ ग्रहण गराएपछि बांकी सांसदलाई पोखरेलले गराएका थिए ।
प्रतिनिधिसभा सदस्यहरु, सुरक्षा निकायका उच्च पदाधिकारीहरु, संघसंस्थाका प्रतिनिधिहरु एवं पत्रकारहरुको सहभागितामा सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको हो ।  
सपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्थालाई मजबुत बनाईएको थियो । प्रत्यक्ष तर्फका ५२ जना र समानुपातिक तर्फका ३५ जना गरी ८७ जना मध्ये ८५ जना सांसदले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
प्रदेश नं. ५ का भावी मुख्यमन्त्री शंकर पोखरेलले सपथ ग्रहणपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै प्रदेश सांसदको ध्यान अब आर्थिक विकासमा केन्द्रीत हुने बताए । उनले प्रदेशको राजधानीको सन्दर्भमा भने उपयुक्त स्थानमा बनाउने बताएका छन् ।
सपथ ग्रहण समारोहमा उपस्थित सांसदहरुले आर्थिक, सामाजिक, पूर्वधारको विकासमा आफ्नो भुमिका निर्वाह गर्ने बताएका थिए ।
शपथ ग्रहण हुने सभाहललाई नै तत्कालका लागि प्रदेश सभा बैठक स्थलका रुपमा प्रयोग गरिने बताईएको छ ।
उद्योग वाणिज्य संघको सचिवालयमा नै सभामुख र उपसभामुखको कार्यकक्ष सहित संसद सचिवालय राखिने बताईएको छ ।
 

प्राप्त प्रतिकृयाहरू

To Top