नवनियुक्त प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध कस्तो छ त? बुझनुहोस !

राजनीति माघ ६ २०७४ ekhabarnepal
Sapath pradesh 0ayoxhulm7

काठमाडौं माघ ६,

 नवनियुक्त प्रदेश प्रमुखले हाललाई मन्त्रीको सुरक्षा पाउने भएका छन् । सरकारले प्रदेश प्रमुखको बरियता टुंग्याउन नसकेका कारण अहिलेलाई मन्त्रीसरहको सुरक्षा दिन लागिएको गृहमन्त्रालयले जनाएको छ । 

प्रदेश प्रमुखको सुरक्षामा नेपाल प्रहरी र नेपाली सेना खटिनेछन् । सुरक्षामा सशस्त्र प्रहरीका सुरक्षाकर्मी भने हाललाई खटाइएको छैन । प्रदेश प्रमुखको निवास र व्यक्तिगत सुरक्षामा सेनाका सुरक्षाकर्मी खटिनेछन् । त्यसका लागि हाललाई जम्दारको नेतृत्वमा ११ जना सेना खटाइएको छ ।

प्रदेश प्रमुखको बाडिगार्डमा सेनाका एक कर्मचारी ११ जना मध्येबाटै खटिनेछन् । त्यस्तै नेपाल प्रहरीको तर्फबाट हाललाई दुई जुनियर अधिकृत खटिनेछन् । शपथसँगै सरकारले उनीहरूको सुरक्षा प्रबन्ध मिलाएको हो । बरियताक्रम टुंगिएपछि सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइने बताइएको छ । तर तत्कालका लागि भने सुरक्षाकर्मी रक्षामन्त्रालयको समन्वयमा खटाइएका छन् । 

गृहका अनुसार सूचना संकलनका लागि हाललाई एक गुप्तचर पनि प्रदेश प्रमुखसँगै खटिनेछन् । बरियता निर्धारणपछि भने प्रदेश प्रमुखको सुरक्षा प्रबन्ध फेरबदल हुनेछ ।

यता सुरक्षा प्रबन्ध मन्त्रीसरहको दिने निर्णय गरे पनि गृहले प्रदेश प्रमुखको बरियताक्रम भने उपप्रधानमन्त्रीसरहको हुने प्रस्ताव तयार गरेको छ । 

प्राप्त प्रतिकृयाहरू

To Top