सरकारले तोकेको राजधानी र प्रदेश प्रमुख नियुक्तमा हाम्रो सहमति छैन : केपी ओली

राजनीति माघ ४ २०७४ ekhabarnepal
26907165 10212144488222463 3167949311433083656 n

काठमाडौं माघ ४,

बैंककमा स्वास्थ्य परीक्षण गरेर आज बिहीबार स्वदेश फर्किएका ओलीले आफ्नो स्वास्थ्य ठीक रहेको बताएका छन्।
बैंककमा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले तोकेका प्रदेश प्रमुख र अस्थायी राजधानीमा आफूहरुको सहमति नरहेको बताएका छन् ।
उनले सरकारलाई प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्न सरकारलाई सहमति दिएको तर, व्यक्ति र स्थानमा सहमति नरहेको बताए ।

उनले भने, ‘तोक्नु भन्ने सहमति हो । सरकारले गरेका निर्णयमा सहमति छैन ।’ प्रदेश प्रमुखहरु हटाउनुहुन्छ भन्ने संचारकर्मीको जिज्ञासामा उपयुक्त समयमा उपयुक्त निर्णय लिने जानकारी दिए । 

 

प्राप्त प्रतिकृयाहरू

To Top