नेपाल राष्ट्र बैंकले सय र हजार रुपैयाँको सिक्का छाप्दैछ तर चलनचल्तिका लागि होइन, बुझनुहोस किन?

अर्थ माघ ३ २०७४ ekhabarnepal
Nrb

काठमाडौं माघ ३

नेपाल राष्ट्र बैंकले एक सय र एक हजार रुपैयाँको सिक्का निकाल्ने भएको छ । त्रिचन्द्र कलेज १०० वर्ष पूरा भएको उपलक्ष्यमा एक सय र एक हजार रुपैयाँको विशेष सिक्का बजारमा ल्याउने भएको हो । मुलुककै पुरानो कलेज १०० वर्ष पुगेको उपलक्ष्यमा त्रिचन्द्र क्याम्पस प्रशासनले राष्ट्र बैंकलाई सिक्काका लागि अनुरोध गरेको थियो।

केन्द्रीय बैंकको सञ्चालक समितिले सय र हजार रुपैयाँ दरका सिक्का छाप्ने निर्णय गरेको हो। दुबै सिक्का ३र३ हजार थान निस्कासन हुने छन्। १०० रुपैयाँ दरका सिक्का क्याप्रिनिकल धातुको हुनेछ भने १००० रुपैयाँ दरको चाँदीको हुनेछ।

सिक्कामा घण्टाघर र त्रिचन्द्र क्याम्पसको भवनको प्रतिमा हुनेछ। सिक्कामा निस्कासन भएको मिति २०७४ पनि उल्लेख हुनेछ । यो सिक्का चलनचल्तिका लागि भने ननिकालिएको नगरिएको सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए।

प्राप्त प्रतिकृयाहरू

To Top