इंग्लिस प्रिमियर लिगमा स्टोक सिटीलाइ ३–० ले हराउदै म्यानचेस्टर युनाइटेड विजयी

खेल माघ २ २०७४ ekhabarnepal
Antonio valencia mu

 

काठमाडौं माघ २, 
 इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।घरेलु मैदानमा भएको खेलमा स्टोक सिटीमाथि ३–० को जित निकाल्दै जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसंगको अंक दूरी १२ मा झारेको छ । म्यानचेस्टर युनाइटेडको जितमा एन्टोनिओ भ्यालेन्सिया, एन्थोनी मार्शल र लामेलु लुकाकुले गोल गरे ।

नवौं मिनेटमा पउल पोग्बाको पासमा भ्यालेन्सियाले गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए । ३८ औं मिनेटमा पोग्बाकै सहयोगमा मार्शलले गोल गरेपछि पहिलो हाफमा घरेलु टिमले २–० को अग्रता लियो । ७२ औँ मिनेटमा लुकाकुले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ३–० ले विजयी भयो । जितपछि दोस्रो स्थानको युनाइटेडको २३ खेलबाट ५० अंक भएको छ । गएराति भएको खेलमा लिभरपुलसंग पराजित भएको शीर्ष स्थानको म्यानचेस्टर सिटीको ६२ अंक छ । रेलिगेशन जोनमा रहेको स्टोक सिटीको २० अंक छ ।

प्राप्त प्रतिकृयाहरू

To Top