समाचार / खेल

कोपाडेल रे प्रतियोगितामा बार्सिलोना विजयी

पौष २८ २०७४     ekhabarnepal
3f8a376a00000578 0 image m 24 1492980230901

काठमाडौं पुस २८,

 स्टार स्टाइकर लियोनेल मेस्सीले दुई मिनेटमा २ गोल गरेपछि कोपा डेल रे प्रतियोगितामा बार्सिलोना विजयी भएको छ ।

बार्सिलोनाले सेल्टा भिगोलाई ५ शून्य गोल अन्तरले पराजित गरेको छ । खेल सुरु भएको १५ मिनेटमा नै मेस्सीले २ गोल गरेका थिए । पहिलो हाफमा नै ४ गोल गरेको बार्सिलोना दोस्रो हाफमा एक गोल गर्दै ५ शून्य गोल अन्तरले विजयी भएको हो । कीर्तिमानी मूल्यमा लिभरपूलबाट बार्सिलोना गएका फिलिप्स कोटिन्हा भने यो खेलमा मैदानमा गएका थिएनन् ।

0 प्रतिकृयाहरू प्राप्त

To Top