समाचार / राजनीति

नयाँ सरकार गठन अघि नै पार्टी एकता गरिन्छ -वाम गठबन्धन

पौष २८ २०७४     ekhabarnepal
15e346931929645e524ecef7b6901929

काठमाडौं पुस २८,

वाम गठबन्धनको संयुक्त कार्यदलको पहिलो बैठक शुक्रबार बसेको छ ।एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा राष्ट्रियसभाका साझा उम्मेदवार र प्रदेश सरकारको प्रारम्भिक खाकालगायतका विषयमा सामान्य छलफल मात्र भएको कार्यदल सदस्य एवं एमाले नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । 

कार्यदलमा रहेका एमाले नेता सुरेन्द्र पाण्डे र शंकर पोख्रेल तथा माओवादी नेता वर्षमान पुन उपस्थित हुन नसकेपछि शुक्रबार थप छलफल अघि नबढेको उहाँले बताउनुभयो । बिहीबार आ–आफ्ना पार्टीमा आन्तरिक छलफल गरेपछि कार्यदलको पहिलो बैठक शुक्रबार बसेको हो ।

कार्यदलले सहमति जुटाएका विषय एकता संयोजन समितिमा वुझाउने छ । पार्टी एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको दावी गर्दै आएको वाम गठबन्धनले नयाँ सरकार गठनअघि नै पार्टी एकता प्रक्रिया टुंगोमा पुर्‍याउने तयारी गरेको छ ।नेकपा एमाले र माओवादी केन्द्रले राष्ट्रियसभाको चुनाव, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणको लागि कार्यदल गठन गरेको हो ।

 

0 प्रतिकृयाहरू प्राप्त

To Top