समाचार / समाज

शनिवार देखि हुस्सु र चिसो कम हुनेछ - मौसमविद्

पौष २८ २०७४     ekhabarnepal
Weather forecast 9ocu4ooasx

काठमाडौं पुस २८,

 पश्चिमी क्षेत्रको मौसम बदली भएको छ । तराईमा बाक्लो हुस्सु लागेको भने अरु ठाउँको मौसम भने सामान्यतया सफा रहेको छ ।
पश्चिमी वायुको प्रभावले अहिले पश्चिमको मौसम बदली भएको मौसमविद्ले बताएका छन् । यसकै प्रभावले आज शुक्रबार उच्च हिमाली क्षेत्रमा हिमपातको संभावना छ । तर पानी पर्ने संभावना भने नरहेको मौसमविद्हरुले बताएका छन्।

मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार राती काठमाडौंको मौसम सामान्यतया बदली रहनेछ । अहिले बाक्लो हुस्सु लागेको तराईमा हुस्सु कम भएपनि पुरै हट्ने संभावना भने छैन ।
पश्चिमी वायु हटेपछि शनिबारदेखि भने मौसममा सामान्य सुधार आउने कँडेलको अनुमान छ ।

0 प्रतिकृयाहरू प्राप्त

To Top